Wednesday, August 26, 2015

नेपाल आमामा समर्पित.....

हे आमा, के भइरहेछ आज देश आधोगतितिर लागिरहेछ.....
तिम्ले जन्माएका पुत्रहरु आफ्नैमाथि जागिरहेछ....
खै कहाँ गए हिजो भाइचाराको झ्यालि पिट्दै हिँड्नेहरु,
आज कतै देख्दिन म, यहाँ त सबै भाइमाराको बिगबिगी छ....
हिजो बेहुलिजस्तै चिरिच्याट्ट परेकि सुन्दरताकि धनी तिमी,,,
आज इज्जत लुटिएकी अबला जस्तै कतै भत्किएकी त कतै च्यातिएकि छौ,
आफ्नै सन्तानबाट तिमी आज लुटिएकी छौ.....
थाहा छ तिमी पनि नरोइ बसेकी त छैनौ, छाती चिरीन्छ तिम्रो मुटु भक्कानिन्छ,
नरोउ आमा, सायद तिम्रो गर्भमा कसैले विष घोलिदिएछ.....
तब न स्यालहरु जन्मिए,
जसले आज हामीलाई जुधाउँदै देश चलाएको नाटक रचिरहेछ...।।।।
-प्रलाद कडेल

No comments:

Post a Comment