Friday, August 28, 2015

हिन्दुहरुधर्मावलम्बीहरुले (रक्षा बन्धन) जनैपूर्णिमा पर्व मनाउंदै

१२ भदौ, काठमाडौँ – आज नेपालभरका हिन्दू धर्मावलम्बीहरु जनैपूर्णिमा (रक्षा बन्धन) पर्व
मनाउदै छन् । यस पर्वमा उनीहरु ब्राम्हण
पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धन नामक
धागो (तावा) बाँध्ने गरिन्छ । तागाधारीहरु
आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने
गरिन्छ । पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षाबन्धन
धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र
सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने
गरिन्छ। रक्षाबन्धन धागो पुरुषहरुको दायाँ र
महिलाहरुको बायाँ नाडीमा बाध्ने गरिन्छ । यस
दिन विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम,
भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र
अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । तराई भेगमा यस दिन
दिदी बहिनीले आफ्नी दाजुभाइहरुका नाडिमा दीर्घायु
तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक
‘राखी’ बांधीदिन्छन । नेवार समुदायमा भने यस
पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुन्गु,
ठूलो केराउ, सानो केराउ, चना, सीमी, र
बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई
पकाएको क्वाटी खाएर खाने गर्दछन् ।
यसै दिन उपत्यकाका किसानहरुले भने आ-
आफ्ना खेतमा गएर भ्यागुताहरुलाई पूजा गरेर भात
खुवाउने गर्दछन् । यसैले यस पर्वलाई
नेपालभाषामा ‘ब्याजाः नकेगु – भ्यागुतालाई भात
खुवाउने) पर्व भन्ने पनि गर्दछन् ।
वर्षायाममा कृषिउत्पादनको लागि अत्यावश्यक
यी प्राणीको आगमनसंगै वर्षा हुने र खेतमा लाग्ने
विभिन्न प्रकारका कीराहरु खाई यिनले
कृषि उत्पादनमा टेवा पुर्याशउने
हुंदा यीनको पूजा गरी भात खुवाउने गरेका हुनभन्ने
जनविश्वास रहेको छ । तर ‘रुद्रायामलतन्त्रे
महादेववचन’ कथाअनुसार प्राचीनकालमा साउन कृष्ण चतुर्दशी -गथामुगः)का दिन घण्टासुर अर्थात
घण्टाकर्ण नामक राक्षस नेपालमा प्रवेश
गरी मानिसहरुको सम्हार गर्न
खोज्दा एउटा भ्यागुताले
त्यस राक्षसलाई मार्ने उपाए बताएकाले त्यस
राक्षसले केही बिगार्न सकेन र त्यसै कारणले
जनैपुर्णिमाका दिन त्यसरी भात खुवाउने
गरेका हुन् ।

यस दिन रसुवा जिल्लामा पर्ने लामटाङ्ग
हिमालयको काखमा रहेको गोसाइूकुण्ड -शिवलुती)
मा ठूलो मेला लाग्दछ । साथै, गोसाइू कुण्डबाटै
पानी आइराखेको जनविश्वासरहेको पाटनको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ।
यस पर्व बौद्ध धर्मालम्वीहरुका लागि पनि त्यति कै महत्वपूर्ण रहेको छ । उनीहरु यस दिनलाई गौतम बुद्धले मार -काम)लाई पराजय गरी सम्यक सम्बुद्ध भएको दिनको रुपमा लिने गर्दछन् । त्यसैले यस दिनदेखि नौ दिनसम्म उपत्यकाका बौद्ध बहाः र बहीमा बिभिन्न देवीदेताका मूर्ति, पौःभा र धार्मीक ग्रन्थहरु प्रदर्शनमा राख्ने गर्दछन् । यस दिनदेखि नेवारसमुदायमा करुण रसले भरिएको ‘सिलुतीर्थ म्ये’ नेपाभाषामा गीत गाउने चलन छ ।

जनै पूर्णिमा

जनै पूर्णिमा अर्थात् रक्षावन्धन् । जनै  पुर्णिमाको दिन तागाधारीहरुले पूरानो जनै झिकी गुरुपुरोहितद्वारा मन्त्र पढी सुद्ध पारिएको जनै फेर्ने गर्दछन् । यस्तै एसै दिन रक्षा बन्धन नामक धागो हातमा बाँध्ने चलन छ ।
यस दिन बाँधिएको त्यस धागोलाई तिहारको लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।
यस दिन ज्वाईंहरुले आफ्ना ससुराबाट नयाँ जनै फेर्नेसमेत गर्दछन् ।
सप्तऋषिलाई तर्पण दिने भएकाले यो दिनलाई ‘ऋषि तर्पणी’ पूर्णिमा पनि भन्ने गरिन्छ ।
तराईका मधेसी समुदायमा भने आजको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ ।
नेवार समुदायमा सँग सँगै ब्राह्मण/क्षेत्रि र सम्पुर्ण नेपाली मानब समुदायमा आजको दिन विभिन्न गेडागुडीहरूको परिकार ‘क्वाँटी’ खाने चलन छ ।

Wednesday, August 26, 2015

नेपाल आमामा समर्पित.....

हे आमा, के भइरहेछ आज देश आधोगतितिर लागिरहेछ.....
तिम्ले जन्माएका पुत्रहरु आफ्नैमाथि जागिरहेछ....
खै कहाँ गए हिजो भाइचाराको झ्यालि पिट्दै हिँड्नेहरु,
आज कतै देख्दिन म, यहाँ त सबै भाइमाराको बिगबिगी छ....
हिजो बेहुलिजस्तै चिरिच्याट्ट परेकि सुन्दरताकि धनी तिमी,,,
आज इज्जत लुटिएकी अबला जस्तै कतै भत्किएकी त कतै च्यातिएकि छौ,
आफ्नै सन्तानबाट तिमी आज लुटिएकी छौ.....
थाहा छ तिमी पनि नरोइ बसेकी त छैनौ, छाती चिरीन्छ तिम्रो मुटु भक्कानिन्छ,
नरोउ आमा, सायद तिम्रो गर्भमा कसैले विष घोलिदिएछ.....
तब न स्यालहरु जन्मिए,
जसले आज हामीलाई जुधाउँदै देश चलाएको नाटक रचिरहेछ...।।।।
-प्रलाद कडेल

Saturday, August 1, 2015

यो भनेको यस्तो पो हुनुपर्छ, त्यस्तो त त्यो पनि हुन्छ ।

lolट्विटर र फेसबुकमा “यस्तो हुनुपर्छ…” भन्ने आशयका ट्विट र स्टाटसहरु देखिरहिएकोछ । यसप्रकारका कुराहरु कहाँबाट सुरु भयो भन्ने त थाहा छैन, तर फेसबुकमा मात्रै सिमित रहेको यी कुराहरु गत शुक्रबार देखि नेपाली ट्विटर जगतमा पनि आगो झैँ फैलिएकोछ ।
यसबिचमा करिब २५ सय देखि ३ हजारसम्म यस सम्बन्धि ट्विट भएको अनुमान गरिएकोछ ।प्राय प्रयोगकर्ताहरुले खेल, राजनिती, पेशा, नेपाली समाज आदि विभिन्न विषयमा यसप्रकारका ट्विटहरु गरेका छन् ।
ट्विटहरु रमाइला हुँदा हुँदै पनि, एउटै कुरा धेरै पटक दोहोरिएकोले अनि ट्विटर भरि यही सम्बन्धि ट्विटहरु मात्र देखिएकोले प्रयोगकर्ताहरु ‘इरिटेटेड’ पनि भएकाछन् । यति हुँदा हुँदै पनि केही रमाइला ट्विटहरु यहाँ ब्लगमा समेट्ने जमर्को गरेकोछु ।
  • चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
  • झन्डा त हाम्रो नेपालको जस्तोपो हुन पर्छ..चार पाटे त सिगान पुछ्नी रूमाल पनी हुन्छ ।
  • केटा भनेको बुद्धिमान पो हुनु पर्छ, बलवान त खैनि पनि हुन्छ ।
  • प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ ।
  •  केटी भनेको Beautiful हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ ।
  • साथी भनेको त 2/4 हजार दिदा पनि वास्ता नगर्ने पो हुनुपर्छ, loan त ncell ले पनि दिन्छ ।
  • सिम भनेको त नमस्ते पो हुनु पर्छ,सेल(एनसेल) त रोटि पनि त हुन्छ!
  • चर्चा भनेको एसएलसीको रिजल्टजस्तो हुनुपर्छ पर्चार त जेको पनि हुन्छ ।
  • बाइक त पल्सर पो हुनुपर्छ, हिरो त धिरेन शाक्य पनि छ ।
  • कुरो भनेको खस्रो हुनुपर्छ चिल्लो त खानेतेल पनि हुन्छ ।
  • नेता भनेको युवा हुनुपर्छ बूढो त जे पनि हुन्छ ।
  • चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
  • केटा भनेको भलादमी पो हुनुपर्छ हिरो त साइकल पनि हुन्छ ।
  • मायालु धोकेबाज हुनुपर्छ …. विश्वसनीय त् कुकुर पनि हुन्छन !
  • सबै जुस फ्रुटी नै हुनुपर्छ, रियल त फुटबल क्लब पनि हुन्छ ।
  • माया भनेको त साचो पो हुनु पर्छ, ताला त ढोका मा पनि हुन्छ ।
  • केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ ।
  • केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन नि हुन्छ  ।
  • kt भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ ।
  • केटाहरु भनेको भुँडी भाको हुनु पर्छ, pack त रत्नपार्कको micro नि हुन्छ ।
  • GF भनेको गोरी हुनु पर्छ ,काली त भैसी पनि हुन्छ  ।
  • केटि भनेको त simple पो हुनुपर्छ, sec c त 1 / cos c नि हुन्छ ।
  • नारि त राम्री पो हुनु पर्छ, सुन्दरी त बाँदर कि बुडी पो हुन्छे ।
  • हतियार भनेको त बन्दुक, पेस्तोल पो हुनुपर्छ। खुकुरी त चुरोट पो हुन्छ।
  • मौसम भनेको त Rainy हुनु पर्छ sunny त leone पनि हुन्छ ।
  • मोबाइल त Samsung पो हुनु पर्छ, Apple त जुस पनि हुन्छ !
  • गर्लफ्रेन्ड भनेको बिदेसी हुनु पर्छ, लोकल त बस पनि हुन्छ !
  • “Result भनेको त FAIL हुनुपर्छ ALL CLEAR त shampoo पनि हुन्छ “
  • Laptop त DELL  हुनुपर्छ, SONY त टि. भी. पनि हुन्छ !
  •  क्लव भनेको म्यान्चेष्टर युनाइटेड हुनुपर्छ, कलेज त लिभरपुल, चेल्सी पनि हुन्छन् ।
  • गर्लफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
  • छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ!
  • मान्छे भनेको त हसिलो पो हुनु पर्छ रसिलो त सुन्तला पनि हुन्छ !
  • चस्मा त Ray Ban को हुनुपर्छ POLICE त शशस्त्र  पनि छ ।
  • उज्यालो त घाम पो हुनुपर्छ, सूर्य त चुरोट पनि हुन्छ ।
  • टिचर भनेको परीक्षामा केही नलेखे नि नम्बर दिने हुनुपर्छ, आलु त पैसाले किन्न पाईन्छ !
  • नारी भनेको सहनशील हुनुपर्छ, शुशिल त कोईराला पनि छ ।
  • लव भनेको एकहोरो पो हुनु पर्छ दोहोरो त भिडन्त त पो हुन्छ  ।
  • Student भएपछि त engineer पो हुन पर्छ, doctor त बाबुराम भट्टराई पनि हुन्छ ।
  • मान्छे भनेको पोजेटिभ हुनुपर्छ नेगेटिभ त पुरानो क्यामेरामा नि हुन्छ ।
  • मान्छेसँग त ‘इज्ज़त’ पो हुनुपर्छ …’पैसो’ जाबो त प्रचण्ड, हिशीलासँग पनि छ ।
  • मान्छे त लुरे हुनु पर्छ मोटो त गैडा पनि हुन्छ ।
  • केटीको फिगर त ‘कोक’ को बोत्तल जस्तो पो हुनु पर्छ.. डल्लो र थ्याप्रो परेको त फर्सी पनि हुन्छ ।
  • कपाल घना र बाक्लो हुनु पर्छ, मुलायम त भैसी को पुच्छर नी हुन्छ !
  • सक्नेले म्याकबुक चलाउनु पर्छ, जाबो फेसबुक त अचेल पानीपुरीवाला ले पनि चलाउँछ ।
  • छोरो भनेको त कारवाला पो हुनुपर्छ पत्रकार त जो पनि हुन्छ।
  •  मान्छेको मन त फोहोर हुनु पर्छ, सफा त टेम्पो नि हुन्छ ।
  • रिप्लाई ढंग को हुनुपर्छ hmm त बाछा ले पनि गर्छ ।
  • केटी भनेको त ईमान्दार पो हुनूपर्छ त । क्युट त पप्पी पनि हुन्छ ।
  • X₁ भनेको त Y₁ हुनुपर्छ । X₂ त Y₂ पनि हुन्छ ।
  • मान्छे त निर्दोष हुनुपर्छ, दोषी त चस्मा पनि हुन्छ ।
  • माया भनेको त टु वे हुनुपर्छ… वान वे त काठमाडौंको सडक पनि हुन्छ ।
  • टुइटर त टुइट पो हुनुपर्छ। जाबो स्टाटस त फेस्बुक म नि हुन्छ ।
  • स्ट्याटस भनेको त छोटो हुनुपर्छ लामो त हिन्दी सिरियल पनि हुन्छ ।
  • केटि भनेको सोजो बुझिने हुनुपर्छ, नबुझिने त डाक्टरको अक्षेर पनि हुन्छ ।
  • गर्लफ्रेन्ड भनेको मायाँ गर्ने हुनु पर्छ,संका त सी आई डी CID ले गर्छन ।
  • Programming Language भनेको PHP पो हुनु पर्छ , PYTHON त सर्प पनि हुन्छ !
  • जिन्दगी भनेको अर्थपूर्ण हुनुपर्छ, लामो त सुरुवालको ईजार पनि हुन्छ।
  • कोच भनेको पुबुध्दु जस्तो हुनुपर्छ, बुध्दु त सबै भिरखर्के छन् नि ।
  • मान्छे भनेको happy हुनु पर्छ.. angry त bird पनि हुन्छ ।
Source: aakarpost(dot)com
If you have more than comment below….