Wednesday, March 30, 2016

दुई महिनाको उपचारपछि नेपाल फर्किए वरिष्ठ संगितकार अम्बर गुरुङ


चैत्र १७, २०७२- भारतमा उपचाररत वरिष्ठ संगितकार अम्बर गुरुङ स्वास्थ्यमा सुधार आएपछि बुधबार स्वदेश फर्किएका छन् ।
जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका संगितकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्किएका हुन् । उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पाचन प्रणाली र नसालगायतका रोगबाट पीडित थिए ।
मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य सुधार आएको छ। उनले विमनस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुराकानी गर्दै भने, 'मलाई पूर्ण रुपमा सन्चो भएसकेको छैन । तर पहिलेको भन्दा धेरै नै सुधार आएको छ ।' सरकारले उपचारमा सहयोग गरेकोमा धन्यवाद दिँदै उनले भने, ' थप उपचार सहयोगको लागि सरकारी तबरबाट घरमै नर्सको सुविधा मिलाइदिए हुने थियो ।'
उनले फलोअप जाँचको लागि बेलाबेलामा मेदान्त गइराख्नुपर्ने बताए ।
स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै  उनीद्वारा संगितबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ गाएका थिए । उनलाई पञ्चकन्याले माला र खादा लगाइदिएका थिए ।
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।
प्रकाशित: चैत्र १७, २०७२ 



Monday, March 28, 2016

बेलायती राजकुमारलाई मनछुने चिठ्ठी: ‘ह्यारी तिमी किन हरि बनेर नेपालमा जन्मिएनौ ?’

-सरगम भट्टराई

डियर प्रिन्स ह्यारी,
नमस्ते,
हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थक्वेक ? परदेशमा काम गर्दा गर्दै टेलिभिजनमा देखेँ तिमीलाई । तिमी त कोहि नपुगेको भूकम्पपीडितको च्यातिएका त्रिपाल मुनि पुग्यौ रे, भत्किएका घर मुनि गयौ रे, अनि आँखामा आँसु टिलपिल गर्दै गरेका चेलीहरुसंगै बसेर दु:ख साट्यौ रे !


Sargam Bhattarai 1
सरगम भट्टराई


म खुशीले रोएँ ह्यारी । म चाहन्थे मेरा आँसुहरु निरन्तर झरिरहून्, त्यसको एउटा खहरे बनोस् र हाम्रा दु:खहरु बगाओस् । मैले यो चिट्ठी तिमीलाई अंग्रेज़ीमा लेखिन किनकी यो तिमीलेमात्रै होइन हाम्रा धेरै नेपालीले पढ्नु छ । यहि चिट्ठीले हामीमध्ये कसैको आँखा खोल्छ कि भन्ने मलाई लागेको छ ।
ह्यारी,
तिमी त युवराज मान्छे, त्यो पनि संसारकै शक्तिशाली देशमध्ये एकको । तिमी त आफ्नो जागिर गर्छौ, देशको लागि सेना भएर लड्छौ, तर हामी साधारण नेपालीभन्दा पनि सामान्य छौँ, हामीलेभन्दा बढी शिर निहुराएर शिष्टाचार गर्छौ । तर उफ़ ! हाम्रा युवराजहरु के-के गर्छन् यो सानो चिट्ठीमा के लेख्नु र ? बि.बि.सी.लाई सोध न है ।
प्यारो राजकुमार, तिमी त लडाईंको मैदानमा खट्ने मान्छे, गुण पनि त गोर्खालीकोजस्तै छ नि है । त्यसैले त तिमी हाम्रा झुप्रोमा अटाएछौ, हाम्रा त्रिपालमुनि अटाएछौ, भत्केका घरहरुमा अटाएछौ, यो भन्दा बढी श्रद्धा अरु के हुन सक्थ्यो र ? तिमीले मलाई मात्रै होइन धेरै भूकम्पपीडितलाई धुरुक्कै रुवायौ ह्यारी ।
हाम्रा युवराज र नवयुवराजहरु आफ्नै देश लुट्न उद्दत छन् तर तिमी त लुटिएको देशमा मलमपट्टी लगाउँदैमा व्यस्त छौ । तिमी भत्किएका बस्तिमा पीडा सुन्दैछौ रे, तर त्यहिँका भूकम्पपीडितका नाममा आएको जस्ता र त्रिपाल निलेर बसेका छन्, हाम्रा नवयुवराजहरु ।
प्यारो ह्यारी,
तिमीलाई चिट्ठी लेख्दा श्रद्धाका अाँसु झरिरहेछन्, तिमी ईशाई भएर टिका लगाईरहेछौ, मन्दिर धाईरहेछौ, होली खेलिरहेछौ । तर यहाँ मान्छेहरु धर्म र स्वाभिमान बेचिरहेका छन्, तिमी गल्ति गरेकोमा प्रायश्चित गर्छौ, तर यहाँ घुस्याहाहरु घुस खाएकोमै गर्व गर्छन् । पटक-पटक गल्ति गर्छन् तर कहिल्यै सुध्रँदैनन् । विडम्बना ह्यारी, बिडम्वना यहाँ त भ्रष्टाचारीहरु हाई-हाई हुन्छन् । सदाचारीहरुले आत्महत्या गर्छन् ।
ह्यारी तिमी गंगा-जमुनासंग नाच्यौ, तर यहाँ राजकुमारहरु भट्टीमा नाच्छन्, नवयुवराजहरु रिसोर्टमा नाँच्छन् तर जनताका भत्केका घरहरुमा पुग्न सक्दैनन् । भन म के सुखद समाचार लेखूँ ?
मैले अचेल सबैलाई चिट्ठी लेखिरहेछु आगो ओकल्ने गरि । तर तिमीलाई लेख्दा माया र सद्भावबाहेक केही झरेन किनकी तिमी ह्यारी होईन हरि बनेर नेपाल आयौ, साँच्चै ह्यारी ! तिमी किन हरि बनेर नेपालमै जन्मिएनौ ?
Hyari
ह्यारी,
तिमी त संसारकै प्रिय राजकुमार । तिमी त जनताको ढुकढुकीमा बस्ने मान्छे, प्लिज हाम्रा नेताहरुलाई पनि यो यस्तै बन्न सिकाईदेऊ न है ! यहाँ जनतालाई जाति, धर्म र क्षेत्रको नाममा लडाईएको छ ।हार्दिकता र भाइचारा हराएको छ । जनताको मन फुटाएर यहाँ मस्ति गरिँदै छ ।
तिमी भूकम्पपीडत मंगली तामाङको घरको मैलो ओछ्यानमा आराम गरिरहँदा हाम्रा नवयुवराजहरु पाँचतारेमा सुसारेसहित सुकिलो ओछ्यानमा कृडा गरिरहेछन् ह्यारी ! भन म कसरी सुखद् समाचार लेखुँ ? तिमी जनतासंग होली खेलिरहँदा यहाँका भारदारहरुले सोमरसको चुस्की लिएको खबर कति लेखिरहनु !
तिम्रो देशमा पाँच वर्षसम्म बस्दा मैले देखेको विकास र शालीनता सम्झेर म द्रविभूत छु । तर के गर्नु यहाँ त राजनीति र प्रकृति दुवै प्रत्युत्पादक भएपछि । आधा करोड नेपाली युवाहरु आज विदेशिएका छन्, देख्यौ होला नि हैन गाउँमा सुनसान भएको ? देख्यौ होला नि एयरपोर्टमा युवाहरु विदेशिन लाम लागेको ? यस्तै छ हाम्रो हाल ।
अन्त्यमा,
तिम्रो आदर्शले हाम्रा नवयुवराजहरुको तन्द्रा भंग होस् भन्ने कामना गर्दछु । यसैगरी नेपाल र नेपालीको ढुकढुकीमा बसिरहनु है । यस जुनिलाई यस्तै भो अर्को जुनिमा ह्यारी होईन हरि भएर नेपालमै जन्मनू तिमी ! तिमी हाम्रो नेता भएको हेर्ने मन छ ।
तिम्रो डाईंग फ्यान,
सरगम भट्टराई
भृकुटी -६ कपिलवस्तु (हाल अमेरिका)

Sunday, March 13, 2016

A PIECE...

hey boys and girls...ladies and gentlemen.....
Welcome to your very first day of classes at our lovely 100,000,000 acre Camp Responsibility. Or as we say here "Howdy partners! God bless you and we love you one and all Why not come in settle down and get some snacks??Relax"yall and make yourself at homel Comply .okay cuties?Best thing you csn do and dont you know that/ too deep down dont ya? Ah i was young and green fresh innocent and naive once too.Life life life It is what it is. isnt it?Nobody can change the world.. tSigh"And tommorrow we start the fun and games And plenty of good hard redemptive soul saving work "thats always good for the human body mind and soul Night all!!!!!"