Thursday, March 19, 2015

Some G.K. questions.

• काठमाडौं नगरपालिकालाई कहिले महानगरपालिका घोषित गरिएको हो ?
– वि.सं २०५२ मंसिर २९ गते
• बुढासुब्बामा के को बलि दिने चलन छ ?
– सुगुरको
• गंगा – जमुना झरना कुन जिल्लामा पर्दछ ?
– धादिङ्ग
• नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?
– खुम्बु
• काठमाडौंबाट नजिक पर्ने हिमाल कुन हो ?
– जुगल
• नेपालको सबैभन्दा पहिलो नहर चन्द्र नहर हो भने कुन जिल्लामा रहेको थियो ?
– सप्तरी
• नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना सुलिगाँढ झरना कुन जिल्लामा पर्दछ ?
– डोल्पा
• नगरकोटको पुरानो नाम के हो ?
– मन्डपगिरी
• कागबेनी कुन जिल्लामा पर्दछ ?
– मुस्ताङ
• धरान – धनकुटा सडक कुन मित्रराष्ट्रको सहयोगमा निर्माण भएको हो ?
– बेलायत
• दिपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
– इलाम
• फेवातालको बिचमा रहेको मन्दिरको नाम के हो ?
– तालबाराही
• विश्वकै सबभन्दा बढी उचाईमा रहेको ताल कुन हो ?
– तिलिचो ( ४९१९ मिटर )
• बुटवल कुन नदिको किनारमा रहेको छ ?
– तिनाउ
• क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ?
– भक्तपुर ( ११९ वर्ग कि.मी )
ज्ञान जति बाँड्यो उति बढ्छ, त्यसैले शेयर गर्न नभुल्नुहोला !!!

No comments:

Post a Comment