Tuesday, November 11, 2014

इबोला भाइरस

...................
- इबोला भाइरस सर्वप्रथम सन् १९७६ मा कंगो र सुडानको दुर्गम क्षेत्रमा देखिएको हो |
- यो भाइरस फैलिएको कंगोको दुर्गम क्षेत्रको इबोला नदीबाट यसोक नाम राखिएको हो ।
- सुरूवातमा यो चिम्पांजी तथा चमेरोमा देखा परेको थियो |
- इबोला एक किसिमको हेमोरेजिक फिबर हो | यो सरुवा रोग हो | यो पानी, हावा, रोग लागेको ब्यक्तिको शरीर बाट निस्कने बस्तुहरु जस्तै रगत, दिशा, पिसव, पसिना, र्याल, यौनिरस आदि माध्यमद्वारा सर्दछ । यौन सम्पर्क एवं संक्रमित लासबाट पनि यो रोग सर्दछ ।
लक्षणहरु
- संक्रमणमा आएको दुई देखि तीन हप्ता पछि लक्षणहरू देखापर्दछ । सुरूवातमा ज्वारो आउने, घाँटी, मांशपेशी एवं टाउको दुख्ने हुन्छ । यसपछी अरूची, वाकवाकी हुने, पखला लाग्ने, साथै लिभर र किड्नीको कार्यक्षमता ह्रास आउदै जान्छ । यो समयमा संक्रमित व्यक्तिमा आन्तरिक एवं वाह्य रक्तश्राव हुन पनि सक्दछ ।
कसरी जोगिने ?
- यो रोगको हालसम्म खोप बनेको छैन । यसको मृत्युदर ५० देखि ९० प्रतशत छ । सरूवा रोग भएकाले व्यक्तिगत सावधानी अपनाउनु नै रोगबाट बँच्ने मुख्य काइदा हो

No comments:

Post a Comment