Tuesday, July 19, 2016

गुरू पूर्णिमा

गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ! 
गुरु: साक्षात् परम् ब्रह्मा तस्मै श्री गुरुवे नम: !!
                     आज गुरूपूर्णिमा, गुरुको सम्मान गर्ने दिन । आज सबै जना आफुले गुरु मानेका व्यक्तिहरुको सम्मान आदर र सम्झना गर्ने दिन । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकोले ‘गुरु’ले अन्धकार जस्तो अज्ञानतालाई नष्टगरि ज्ञानको उज्यालो प्रदान गर्छन।
महाभारत, श्रीमद्भागवत, अठार पुराण लगायतका ग्रन्थका रचयिता तथा बेदलाई चार भागमा बिभाजन गर्ने देवर्षी बेदव्यासको जन्म जयन्तिको अबसरमा प्रत्येक बर्षको असार शुक्ल पूर्णिमाको दिन गुरु पुर्णिमा मनाउने गरिन्छ।
द्वापर युगको अन्त्यतिर आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाको पुत्रका रुपमा व्यासको जन्म भएको हिन्दुग्रन्थमा उल्लेख छ।आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको छ ।
यथार्थमा भन्नु पर्दा मेरो पहिलो गुरु मेरा आमा बुवा हुन् जसले मलाई धेरै कुरा सिकाए र धेरै ज्ञान दिए | तेसपछी मेरा सिसु कक्षाका शिक्षक जस्ले मलाई गोलो गोलो अण्डा पुलिसको डण्डा हनुमानको पुच्छर भनि 'क' अक्षर भन्न र लेख्न सिकाउनु भएको थियो तेसै गरि मेरा उच्च शिक्षासम्म पुग्न साथ दिने मेरा गुरुहरुलाइ गुरु पुर्णिमाको शुभकामना प्रकट गर्न चाहान्छु |
हामीले बर्षको ३६४ दिन गुरुलाइ आदर गर्नु पर्छ र १ दिन बिशेस आदर गर्न जरुरि छ.... सायद उहाँहरु न भैदिएको भए म यो अवस्थासम्म पुग्न सक्दिन थिए होला........!
#HAPPY_TEACHER'S_DAY


Tuesday, May 10, 2016

NASA says 1,284 new planets found outside our solar system by Kepler telescope

An artist's concept of planetary discoveries by the Kepler space telescope.

Key points:NASA has announced the discovery of 1,284 new planets outside our solar system, more than doubling the number of known exoplanets found with the Kepler space telescope.
  • 550 of new planets could be rocky like Earth
  • Nine of potential rocky planets are in their sun's habitable zone
  • Experts now say there could be more planets than stars
"This gives us hope that somewhere out there, around a star much like ours, we can eventually discover another Earth," said Ellen Stofan, chief scientist at NASA headquarters in Washington.
The unmanned Kepler space observatory, which launched in 2009, has been scanning 150,000 stars for signs of orbiting bodies, particularly those that might be able to support life.
It works by observing a dimming in the light of a star, known as a transit, each time an orbiting planet passes in front of it.
"Of the nearly 5,000 total planet candidates found to date, more than 3,200 now have been verified, and 2,325 of these were discovered by Kepler," NASA said in a statement.
Of the new trove, nearly 550 could be rocky planets like Earth, based on their size, the US space agency said.
This knowledge informs the future missions that are needed to take us ever closer to finding out whether we are alone in the universe.
NASA's Paul Hertz
"Nine of these orbit in their sun's habitable zone, which is the distance from a star where orbiting planets can have surface temperatures that allow liquid water to pool."
The addition of these nine means that 21 exoplanets are now known to be possibly circling their stars in the habitable zone, and may harbour life.
However, Kepler is a "statistical mission", NASA scientists said, and is not designed to probe further into the conditions of certain planets that exist in the so-called "Goldilocks zone" of their stars — neither too hot nor too cold to sustain life.

'There could be more planets than stars': NASA

That means even the most advanced space telescopes now being built, including the James Webb Space Telescope, may not be able to shed much more light on the nature of life on another of these exoplanets, if life does exist.
"Before the Kepler space telescope launched, we did not know whether exoplanets were rare or common in the galaxy," said Paul Hertz, astrophysics division director at NASA headquarters.
Media player: "Space" to play, "M" to mute, "left" and "right" to seek.
VIDEO: Astronomer discusses importance of Kepler space telescope in recent discoveries (ABC News)
"Thanks to Kepler and the research community, we now know there could be more planets than stars.
"This knowledge informs the future missions that are needed to take us ever closer to finding out whether we are alone in the universe."
The latest trove of planets was confirmed by a new statistical method, instead of the time-consuming one-by-one process that was used previously.
This statistical analysis method can be applied to many planet candidates simultaneously, according to Timothy Morton, associate research scholar at Princeton University, and lead author of a paper describing the findings in The Astrophysical Journal.
Kepler survived an emergency last month, when some kind of "transient event... triggered a barrage of false alarms that eventually overwhelmed the system", NASA said.
Engineers on Earth were able to rescue the spacecraft and restored its ability to collect data on April 22.
AFP

Wednesday, March 30, 2016

दुई महिनाको उपचारपछि नेपाल फर्किए वरिष्ठ संगितकार अम्बर गुरुङ


चैत्र १७, २०७२- भारतमा उपचाररत वरिष्ठ संगितकार अम्बर गुरुङ स्वास्थ्यमा सुधार आएपछि बुधबार स्वदेश फर्किएका छन् ।
जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका संगितकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्किएका हुन् । उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पाचन प्रणाली र नसालगायतका रोगबाट पीडित थिए ।
मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य सुधार आएको छ। उनले विमनस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुराकानी गर्दै भने, 'मलाई पूर्ण रुपमा सन्चो भएसकेको छैन । तर पहिलेको भन्दा धेरै नै सुधार आएको छ ।' सरकारले उपचारमा सहयोग गरेकोमा धन्यवाद दिँदै उनले भने, ' थप उपचार सहयोगको लागि सरकारी तबरबाट घरमै नर्सको सुविधा मिलाइदिए हुने थियो ।'
उनले फलोअप जाँचको लागि बेलाबेलामा मेदान्त गइराख्नुपर्ने बताए ।
स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै  उनीद्वारा संगितबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ गाएका थिए । उनलाई पञ्चकन्याले माला र खादा लगाइदिएका थिए ।
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।
प्रकाशित: चैत्र १७, २०७२ 



Monday, March 28, 2016

बेलायती राजकुमारलाई मनछुने चिठ्ठी: ‘ह्यारी तिमी किन हरि बनेर नेपालमा जन्मिएनौ ?’

-सरगम भट्टराई

डियर प्रिन्स ह्यारी,
नमस्ते,
हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थक्वेक ? परदेशमा काम गर्दा गर्दै टेलिभिजनमा देखेँ तिमीलाई । तिमी त कोहि नपुगेको भूकम्पपीडितको च्यातिएका त्रिपाल मुनि पुग्यौ रे, भत्किएका घर मुनि गयौ रे, अनि आँखामा आँसु टिलपिल गर्दै गरेका चेलीहरुसंगै बसेर दु:ख साट्यौ रे !


Sargam Bhattarai 1
सरगम भट्टराई


म खुशीले रोएँ ह्यारी । म चाहन्थे मेरा आँसुहरु निरन्तर झरिरहून्, त्यसको एउटा खहरे बनोस् र हाम्रा दु:खहरु बगाओस् । मैले यो चिट्ठी तिमीलाई अंग्रेज़ीमा लेखिन किनकी यो तिमीलेमात्रै होइन हाम्रा धेरै नेपालीले पढ्नु छ । यहि चिट्ठीले हामीमध्ये कसैको आँखा खोल्छ कि भन्ने मलाई लागेको छ ।
ह्यारी,
तिमी त युवराज मान्छे, त्यो पनि संसारकै शक्तिशाली देशमध्ये एकको । तिमी त आफ्नो जागिर गर्छौ, देशको लागि सेना भएर लड्छौ, तर हामी साधारण नेपालीभन्दा पनि सामान्य छौँ, हामीलेभन्दा बढी शिर निहुराएर शिष्टाचार गर्छौ । तर उफ़ ! हाम्रा युवराजहरु के-के गर्छन् यो सानो चिट्ठीमा के लेख्नु र ? बि.बि.सी.लाई सोध न है ।
प्यारो राजकुमार, तिमी त लडाईंको मैदानमा खट्ने मान्छे, गुण पनि त गोर्खालीकोजस्तै छ नि है । त्यसैले त तिमी हाम्रा झुप्रोमा अटाएछौ, हाम्रा त्रिपालमुनि अटाएछौ, भत्केका घरहरुमा अटाएछौ, यो भन्दा बढी श्रद्धा अरु के हुन सक्थ्यो र ? तिमीले मलाई मात्रै होइन धेरै भूकम्पपीडितलाई धुरुक्कै रुवायौ ह्यारी ।
हाम्रा युवराज र नवयुवराजहरु आफ्नै देश लुट्न उद्दत छन् तर तिमी त लुटिएको देशमा मलमपट्टी लगाउँदैमा व्यस्त छौ । तिमी भत्किएका बस्तिमा पीडा सुन्दैछौ रे, तर त्यहिँका भूकम्पपीडितका नाममा आएको जस्ता र त्रिपाल निलेर बसेका छन्, हाम्रा नवयुवराजहरु ।
प्यारो ह्यारी,
तिमीलाई चिट्ठी लेख्दा श्रद्धाका अाँसु झरिरहेछन्, तिमी ईशाई भएर टिका लगाईरहेछौ, मन्दिर धाईरहेछौ, होली खेलिरहेछौ । तर यहाँ मान्छेहरु धर्म र स्वाभिमान बेचिरहेका छन्, तिमी गल्ति गरेकोमा प्रायश्चित गर्छौ, तर यहाँ घुस्याहाहरु घुस खाएकोमै गर्व गर्छन् । पटक-पटक गल्ति गर्छन् तर कहिल्यै सुध्रँदैनन् । विडम्बना ह्यारी, बिडम्वना यहाँ त भ्रष्टाचारीहरु हाई-हाई हुन्छन् । सदाचारीहरुले आत्महत्या गर्छन् ।
ह्यारी तिमी गंगा-जमुनासंग नाच्यौ, तर यहाँ राजकुमारहरु भट्टीमा नाच्छन्, नवयुवराजहरु रिसोर्टमा नाँच्छन् तर जनताका भत्केका घरहरुमा पुग्न सक्दैनन् । भन म के सुखद समाचार लेखूँ ?
मैले अचेल सबैलाई चिट्ठी लेखिरहेछु आगो ओकल्ने गरि । तर तिमीलाई लेख्दा माया र सद्भावबाहेक केही झरेन किनकी तिमी ह्यारी होईन हरि बनेर नेपाल आयौ, साँच्चै ह्यारी ! तिमी किन हरि बनेर नेपालमै जन्मिएनौ ?
Hyari
ह्यारी,
तिमी त संसारकै प्रिय राजकुमार । तिमी त जनताको ढुकढुकीमा बस्ने मान्छे, प्लिज हाम्रा नेताहरुलाई पनि यो यस्तै बन्न सिकाईदेऊ न है ! यहाँ जनतालाई जाति, धर्म र क्षेत्रको नाममा लडाईएको छ ।हार्दिकता र भाइचारा हराएको छ । जनताको मन फुटाएर यहाँ मस्ति गरिँदै छ ।
तिमी भूकम्पपीडत मंगली तामाङको घरको मैलो ओछ्यानमा आराम गरिरहँदा हाम्रा नवयुवराजहरु पाँचतारेमा सुसारेसहित सुकिलो ओछ्यानमा कृडा गरिरहेछन् ह्यारी ! भन म कसरी सुखद् समाचार लेखुँ ? तिमी जनतासंग होली खेलिरहँदा यहाँका भारदारहरुले सोमरसको चुस्की लिएको खबर कति लेखिरहनु !
तिम्रो देशमा पाँच वर्षसम्म बस्दा मैले देखेको विकास र शालीनता सम्झेर म द्रविभूत छु । तर के गर्नु यहाँ त राजनीति र प्रकृति दुवै प्रत्युत्पादक भएपछि । आधा करोड नेपाली युवाहरु आज विदेशिएका छन्, देख्यौ होला नि हैन गाउँमा सुनसान भएको ? देख्यौ होला नि एयरपोर्टमा युवाहरु विदेशिन लाम लागेको ? यस्तै छ हाम्रो हाल ।
अन्त्यमा,
तिम्रो आदर्शले हाम्रा नवयुवराजहरुको तन्द्रा भंग होस् भन्ने कामना गर्दछु । यसैगरी नेपाल र नेपालीको ढुकढुकीमा बसिरहनु है । यस जुनिलाई यस्तै भो अर्को जुनिमा ह्यारी होईन हरि भएर नेपालमै जन्मनू तिमी ! तिमी हाम्रो नेता भएको हेर्ने मन छ ।
तिम्रो डाईंग फ्यान,
सरगम भट्टराई
भृकुटी -६ कपिलवस्तु (हाल अमेरिका)

Sunday, March 13, 2016

A PIECE...

hey boys and girls...ladies and gentlemen.....
Welcome to your very first day of classes at our lovely 100,000,000 acre Camp Responsibility. Or as we say here "Howdy partners! God bless you and we love you one and all Why not come in settle down and get some snacks??Relax"yall and make yourself at homel Comply .okay cuties?Best thing you csn do and dont you know that/ too deep down dont ya? Ah i was young and green fresh innocent and naive once too.Life life life It is what it is. isnt it?Nobody can change the world.. tSigh"And tommorrow we start the fun and games And plenty of good hard redemptive soul saving work "thats always good for the human body mind and soul Night all!!!!!"

Thursday, January 21, 2016

ओली सरकारको मधुमास [ कार्टुन ]

माघ ७, २०७२- ओली सरकार गठन भएको सय दिन पूरा भइसकेको छ  तर यसले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भइरहेको छ । ओली सरकारको मधुमासको सयदिनबारे वात्स्यायनको कार्टुन ।

गेट वेल सुन सिन्धुपाल्चोक

माघ ७, २०७२- अचेल बालबालिकालाई घरको चित्र बनाउन लगायो भने पालले बेरेको छाप्रो बनाउँछन्, कसैले भत्किएको धरहरा त कसैले भूकम्पले पुरिएको स्कुल । चाकुपाटस्थित एमक्युब ग्यालरीमा चित्रकार मनीषलाल श्रेष्ठ केही दिनअघि बालबालिकाका यस्तै चित्रहरू देखाइरहेका थिए । भूकम्पलगत्तै बालमनोविज्ञानमा आर्ट थेरापी गराउने उद्देश्यले उनी लामो समयदेखि कार्यरत छन् ।
‘गेट वेल सुन’ थिममा उनले भूकम्प प्रभावित विभिन्न पाँच जिल्लामा पुगेर बालबालिकाको अनुभव रंगमार्फत संगालेका हुन् । जुन उनले यति बेला आफ्नै ग्यालरीमा ल्याएका छन् । विपत् प्रभावित बालबालिकाको मनोविज्ञान बुझ्न कलाले ठूलो सहयोग गर्छ ।
यही उद्देश्यका साथ मनीषले काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, भक्तपुरलगायत जिल्लामा कला कार्यशाला गरेका छन् । उनको तरिका अलि फरक छ । स्थानीय स्तरमा पाइने प्राकृतिक रंगबाट नै चित्र कोर्न बालबालिकालाई बढी जोड दिन्छन् ।
कोइला, अबिर, माटो, पिठोको माडजस्ता घरेलु रंग पोतेर बालबालिकाले चित्र कोरेका छन् । ‘गेट वेल सुन’ कार्यक्रमअन्तर्गत मनीष एक सातापछि लगत्तै काभ्रे जाँदै छन् । यो कार्यक्रमअन्तर्गत भूकम्प प्रभावित बालबालिकाले चित्रमार्फत मनोभाव प्रकट गर्नेछन् ।
यसैअन्तर्गत उनले शनिबार सहयोज जुटाउन हस्तकला र केहि चित्रकला प्रदर्शनीमा पनि राखेका थिए । एक दिनका लागि राखिएको प्रदर्शनीमा उनले सक्दो राहत संकलन गर्ने प्रयास गरे । काठमाडांैका बालबालिकाले कोरेका चित्र भने ग्यालरीमा प्रदर्शनी जारी छ ।
पेपर र इंकले सजिएका चित्रहरूमा बालबालिकाले धरहरा, स्वयम्भूजस्ता ऐतिहासिक सम्पदा कोरेका छन् । ‘तर, काठमाडौं बाहिरका बालबालिकाले चाहिँ प्राय: छाप्रो बनाउँछन्,’ मनीषले अनुभव साटे, ‘हेलिकप्टरले राहत ल्याएको दृश्य नि पाएँ केही चित्रमा ।’
बालबालिकालाई खुसी बनाउन चित्रकला प्रभावकारी हुने उनले दाबी गरे । अब भने उनको कार्यक्रम ‘गेट वेल सुन मिसन सिन्धुपाल्चोक’ हुनेछ । त्यहाँका सबै गाविसमा उनले आर्ट थेरापी चलाउनेछन् ।
प्रकाशित: माघ ७, २०७२