चैत्र १७, २०७२- भारतमा उपचाररत वरिष्ठ संगितकार अम्बर गुरुङ स्वास्थ्यमा सुधार आएपछि बुधबार स्वदेश फर्किएका छन् ।
जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका संगितकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्किएका हुन् । उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए।
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पाचन प्रणाली र नसालगायतका रोगबाट पीडित थिए ।

मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य सुधार आएको छ। उनले विमनस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुराकानी गर्दै भने, 'मलाई पूर्ण रुपमा सन्चो भएसकेको छैन । तर पहिलेको भन्दा धेरै नै सुधार आएको छ ।' सरकारले उपचारमा सहयोग गरेकोमा धन्यवाद दिँदै उनले भने, ' थप उपचार सहयोगको लागि सरकारी तबरबाट घरमै नर्सको सुविधा मिलाइदिए हुने थियो ।'
-1000x0.jpg)
उनले फलोअप जाँचको लागि बेलाबेलामा मेदान्त गइराख्नुपर्ने बताए ।
स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै उनीद्वारा संगितबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ गाएका थिए । उनलाई पञ्चकन्याले माला र खादा लगाइदिएका थिए ।
-1000x0.jpg)
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)
प्रकाशित: चैत्र १७, २०७२
No comments:
Post a Comment