माघ
७, २०७२- अचेल बालबालिकालाई घरको चित्र बनाउन लगायो भने पालले बेरेको
छाप्रो बनाउँछन्, कसैले भत्किएको धरहरा त कसैले भूकम्पले पुरिएको स्कुल ।
चाकुपाटस्थित एमक्युब ग्यालरीमा चित्रकार मनीषलाल श्रेष्ठ केही दिनअघि
बालबालिकाका यस्तै चित्रहरू देखाइरहेका थिए । भूकम्पलगत्तै बालमनोविज्ञानमा
आर्ट थेरापी गराउने उद्देश्यले उनी लामो समयदेखि कार्यरत छन् ।
‘गेट वेल सुन’ थिममा उनले भूकम्प प्रभावित विभिन्न पाँच जिल्लामा पुगेर बालबालिकाको अनुभव रंगमार्फत संगालेका हुन् । जुन उनले यति बेला आफ्नै ग्यालरीमा ल्याएका छन् । विपत् प्रभावित बालबालिकाको मनोविज्ञान बुझ्न कलाले ठूलो सहयोग गर्छ ।
यही उद्देश्यका साथ मनीषले काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, भक्तपुरलगायत जिल्लामा कला कार्यशाला गरेका छन् । उनको तरिका अलि फरक छ । स्थानीय स्तरमा पाइने प्राकृतिक रंगबाट नै चित्र कोर्न बालबालिकालाई बढी जोड दिन्छन् ।
कोइला, अबिर, माटो, पिठोको माडजस्ता घरेलु रंग पोतेर बालबालिकाले चित्र कोरेका छन् । ‘गेट वेल सुन’ कार्यक्रमअन्तर्गत मनीष एक सातापछि लगत्तै काभ्रे जाँदै छन् । यो कार्यक्रमअन्तर्गत भूकम्प प्रभावित बालबालिकाले चित्रमार्फत मनोभाव प्रकट गर्नेछन् ।
यसैअन्तर्गत उनले शनिबार सहयोज जुटाउन हस्तकला र केहि चित्रकला प्रदर्शनीमा पनि राखेका थिए । एक दिनका लागि राखिएको प्रदर्शनीमा उनले सक्दो राहत संकलन गर्ने प्रयास गरे । काठमाडांैका बालबालिकाले कोरेका चित्र भने ग्यालरीमा प्रदर्शनी जारी छ ।
पेपर र इंकले सजिएका चित्रहरूमा बालबालिकाले धरहरा, स्वयम्भूजस्ता ऐतिहासिक सम्पदा कोरेका छन् । ‘तर, काठमाडौं बाहिरका बालबालिकाले चाहिँ प्राय: छाप्रो बनाउँछन्,’ मनीषले अनुभव साटे, ‘हेलिकप्टरले राहत ल्याएको दृश्य नि पाएँ केही चित्रमा ।’
बालबालिकालाई खुसी बनाउन चित्रकला प्रभावकारी हुने उनले दाबी गरे । अब भने उनको कार्यक्रम ‘गेट वेल सुन मिसन सिन्धुपाल्चोक’ हुनेछ । त्यहाँका सबै गाविसमा उनले आर्ट थेरापी चलाउनेछन् ।

प्रकाशित: माघ ७, २०७२
No comments:
Post a Comment