Showing posts with label Medal in game. Show all posts
Showing posts with label Medal in game. Show all posts

Thursday, October 2, 2014

नेपालका लागि विमालाले जितिन् पहिलो पदक


इन्चोन- कोरियामा जारी १७औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। नेपालका लागि विमला तामाङले एकल कातामा कास्यपदक जितेकी हुन्। यो पदकसँगै नेपाली खेलाडी खाली हात नफर्किने भएका छन्।
कास्य पदकको लागि भएको खेलमा बिहीबार उनले दक्षिण कोरियाकी ज्यु काङलाई ५-० ले हराउँदै कास्य पदक जितेकी हुन्।
यसअघि १६औं एसियाली खेलकुदमा नेपालका लागि दीपक मर्हजनले पदक जितेका थिए।