Showing posts with label गुरू पूर्णिमा. Show all posts
Showing posts with label गुरू पूर्णिमा. Show all posts

Tuesday, July 19, 2016

गुरू पूर्णिमा

गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ! 
गुरु: साक्षात् परम् ब्रह्मा तस्मै श्री गुरुवे नम: !!
                     आज गुरूपूर्णिमा, गुरुको सम्मान गर्ने दिन । आज सबै जना आफुले गुरु मानेका व्यक्तिहरुको सम्मान आदर र सम्झना गर्ने दिन । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकोले ‘गुरु’ले अन्धकार जस्तो अज्ञानतालाई नष्टगरि ज्ञानको उज्यालो प्रदान गर्छन।
महाभारत, श्रीमद्भागवत, अठार पुराण लगायतका ग्रन्थका रचयिता तथा बेदलाई चार भागमा बिभाजन गर्ने देवर्षी बेदव्यासको जन्म जयन्तिको अबसरमा प्रत्येक बर्षको असार शुक्ल पूर्णिमाको दिन गुरु पुर्णिमा मनाउने गरिन्छ।
द्वापर युगको अन्त्यतिर आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाको पुत्रका रुपमा व्यासको जन्म भएको हिन्दुग्रन्थमा उल्लेख छ।आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको छ ।
यथार्थमा भन्नु पर्दा मेरो पहिलो गुरु मेरा आमा बुवा हुन् जसले मलाई धेरै कुरा सिकाए र धेरै ज्ञान दिए | तेसपछी मेरा सिसु कक्षाका शिक्षक जस्ले मलाई गोलो गोलो अण्डा पुलिसको डण्डा हनुमानको पुच्छर भनि 'क' अक्षर भन्न र लेख्न सिकाउनु भएको थियो तेसै गरि मेरा उच्च शिक्षासम्म पुग्न साथ दिने मेरा गुरुहरुलाइ गुरु पुर्णिमाको शुभकामना प्रकट गर्न चाहान्छु |
हामीले बर्षको ३६४ दिन गुरुलाइ आदर गर्नु पर्छ र १ दिन बिशेस आदर गर्न जरुरि छ.... सायद उहाँहरु न भैदिएको भए म यो अवस्थासम्म पुग्न सक्दिन थिए होला........!
#HAPPY_TEACHER'S_DAY