Thursday, January 21, 2016
गेट वेल सुन सिन्धुपाल्चोक

माघ
७, २०७२- अचेल बालबालिकालाई घरको चित्र बनाउन लगायो भने पालले बेरेको
छाप्रो बनाउँछन्, कसैले भत्किएको धरहरा त कसैले भूकम्पले पुरिएको स्कुल ।
चाकुपाटस्थित एमक्युब ग्यालरीमा चित्रकार मनीषलाल श्रेष्ठ केही दिनअघि
बालबालिकाका यस्तै चित्रहरू देखाइरहेका थिए । भूकम्पलगत्तै बालमनोविज्ञानमा
आर्ट थेरापी गराउने उद्देश्यले उनी लामो समयदेखि कार्यरत छन् ।
‘गेट वेल सुन’ थिममा उनले भूकम्प प्रभावित विभिन्न पाँच जिल्लामा पुगेर बालबालिकाको अनुभव रंगमार्फत संगालेका हुन् । जुन उनले यति बेला आफ्नै ग्यालरीमा ल्याएका छन् । विपत् प्रभावित बालबालिकाको मनोविज्ञान बुझ्न कलाले ठूलो सहयोग गर्छ ।
यही उद्देश्यका साथ मनीषले काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, भक्तपुरलगायत जिल्लामा कला कार्यशाला गरेका छन् । उनको तरिका अलि फरक छ । स्थानीय स्तरमा पाइने प्राकृतिक रंगबाट नै चित्र कोर्न बालबालिकालाई बढी जोड दिन्छन् ।
कोइला, अबिर, माटो, पिठोको माडजस्ता घरेलु रंग पोतेर बालबालिकाले चित्र कोरेका छन् । ‘गेट वेल सुन’ कार्यक्रमअन्तर्गत मनीष एक सातापछि लगत्तै काभ्रे जाँदै छन् । यो कार्यक्रमअन्तर्गत भूकम्प प्रभावित बालबालिकाले चित्रमार्फत मनोभाव प्रकट गर्नेछन् ।
यसैअन्तर्गत उनले शनिबार सहयोज जुटाउन हस्तकला र केहि चित्रकला प्रदर्शनीमा पनि राखेका थिए । एक दिनका लागि राखिएको प्रदर्शनीमा उनले सक्दो राहत संकलन गर्ने प्रयास गरे । काठमाडांैका बालबालिकाले कोरेका चित्र भने ग्यालरीमा प्रदर्शनी जारी छ ।
पेपर र इंकले सजिएका चित्रहरूमा बालबालिकाले धरहरा, स्वयम्भूजस्ता ऐतिहासिक सम्पदा कोरेका छन् । ‘तर, काठमाडौं बाहिरका बालबालिकाले चाहिँ प्राय: छाप्रो बनाउँछन्,’ मनीषले अनुभव साटे, ‘हेलिकप्टरले राहत ल्याएको दृश्य नि पाएँ केही चित्रमा ।’
बालबालिकालाई खुसी बनाउन चित्रकला प्रभावकारी हुने उनले दाबी गरे । अब भने उनको कार्यक्रम ‘गेट वेल सुन मिसन सिन्धुपाल्चोक’ हुनेछ । त्यहाँका सबै गाविसमा उनले आर्ट थेरापी चलाउनेछन् ।

प्रकाशित: माघ ७, २०७२
फोटोमा हेर्नुस् हिमपातपछिको जुम्ला
माघ ७,
२०७२- भारी हिमपातपछि जुम्ला सेताम्मे देखिएको । मंगलबार साँझदेखि बिहीबार
बिहानसम्म लगातार जुम्लामा हिउँ परेको थियो । घरको छतमा जमेको हिउँ फाल्दै
स्थानीयहरु रमाइरहेका छन् ।

यस वर्ष ढिलो हिउँ परेकाले हिउँसँग रमाउनेहरु पनि उत्तिकै देखिन्छन् । यातायात तथा हवाइ सेवा अवरुद्ध भएको छ ।

हिमपातले कामकाज तथा हिँड्डुल गर्न अप्ठ्यारो परेपनि यतिखेरको हिउँले किसानलाई भने फाइदा पुग्ने भएको छ ।

हिउँदको समयमा सिंचाइको अभाव हुने जुम्लामा हिउँले सिंचाइको काम गरेको छ । जुम्लाका दक्षिणी मोहडामा पर्ने विभिन्न गाविसमा एक सय २० भन्दा बढी हिउँ संकलन पोखरी निर्माण गरिएकोले कृषि विकास कार्यालयले किसानलाई हिउँ संकलन गर्न आग्रह गरेको छ । गज्याकोटदेखि रारालिहीसम्मको क्षेत्रमा एक सय २० भन्दा बढी हिउँ संकलन पोखरी निर्माण भएका छन् ।

श्रीमती र छोराको पो डर छ त
प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन भन तिमी म संग कहिले बिहे गर्छौ ?
ठट्टा प्रसाद – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो घरमा सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?
ठट्टा प्रसाद – किन नमान्नु ?
मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न ।
मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

Subscribe to:
Posts (Atom)