Thursday, October 2, 2014

एशियाडमा नेपाललाई पहिलो पदक

इन्चोन एशियाडमा पहिलो पदक जितेको छ । कराँतेको महिला एकल कातामा विमला तामाङले सत्रौं एशियाडमा मुलुकलाई पहिलो पदक दिलाएकी हुन् । १३ दिनको प्रतिक्षापछि नेपालले यो पहिलो पदक प्राप्त गरेको हो ।

सेमिफाइनलमा भियतनामकी खेलाडी नाम गुयोनसंग पराजित भएपछि उनले काश्यपदक भिडन्त पक्का गरेकी थिइन् । सो स्पर्धामा उत्तर कोरियाली जुइ काङलाई ५-० ले पराजित गर्दै मुलुकलाई एशियाडबाट रित्तो हात घर फकिर्नबाट जोगाएकी छन् ।

विमला खेलाडी सूचीमा रहेको कुरा कोरियामा आएर मात्र थाहा भएको थियो । उनले पहिलो खेलमा पाकिस्तानी सोम कुललाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सो स्पर्धामा उनले ४ का बिरुद्ध १ ले आफ्नो पक्षमा पारेकी थिइन् ।

प्रकाशित मिति: २०७१ आश्विन १६ ०३:०४

No comments:

Post a Comment