Tuesday, November 25, 2014

यस्तो समयमा नपिउनुस् पानी, पानी बिष बन्न सक्छ

मंगलवार, मंसिर ९,
पानीले शरिरलाई जीउनका लागि उर्जा दिने काम गर्छ र यसको सही मात्राले हाम्रो पाचन प्रणालीलाफ पनि काम गर्न मद्धत गर्छ । पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, तर केही अवस्थामा पानी पिउनाले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । खाना खानु भन्दा ठिक पहिले पानी पिउनाले पाचन शक्ति कमजोर बनाउँछ । गलत समयमा पानीको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
अजीर्णे भेषजं वारि जीर्णे वारि बलप्रदम्।
भोजने चाऽमृतं वारि भोजनान्ते विषप्रदम्।।
यस श्लोकमा भोजनपछि लगत्तै पानी पिउनु हुँदैन । खाना खाएपछि जब खाना पच्छ तबमात्र पानी पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । खाना खानेबित्तिकै पानी पिउनाले खाना राम्ररी पच्न पाउँदैन र शरिरमा प्राप्त हुने उर्जा समेत ठिक तरिकाले प्राप्त हुँदैन । अपच भएको अवस्थामा पेटसम्बन्धी रोगले सताउने सम्भावना बढ्छ । त्यसैले खाना खानेबित्तिकै पानी पिउनाले उक्त पानीले विषसमान काम गर्छ ।
खाना अगाडि करिब १ घण्टा वा आधा घण्टा पहिले १-२ गिलास पानी पिउन सकिन्छ र खाना खाँदे गर्दा बीच-बीचमा १-२ घुट्की पानी पनि पिउन सकिन्छ तर, धेरै पानी भने पिउनु हुँदैन ।
पानी कति बेला खानेः
- हामीलाई जब प्यास लाग्छ तब कम्तिमा १ गिलास पानी पिउनुपर्छ । यस्तो गर्दा हाम्रो शरिरमा हुने पानीको कमी पुरा हुन्छ ।
- शारीरिक परिश्रम गरेपछि सकेसम्म केही बेरपछि मात्र पानी पिउनु पर्छ । काम गरेको करिब आधा घण्टापछि मात्र पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

Tuesday, November 18, 2014

What is Positron.........................?

A positron is a particle of matter with the same mass as an electron but an opposite charge. It is a form of antimatter because, when a positron encounters an electron, the two completely annihilate to yield energy. The existence of the positron was predicted in 1928 by physicist Paul Dirac, and positrons were discovered experimentally in 1932 by physicist Carl Anderson.
Positrons are important in a medical technology called positron emission tomography (PET), which is especially useful in brain and nervous-system scanning. A PET scanner detects and maps the radiation produced when an ingested substance emits positrons that are annihilated by surrounding electrons.
The positron is not the only known antimatter particle. The proton and the neutron have antiparticles as well, known as the anti-proton and the anti-neutron, with negative and neutral electric charges, respectively.

Tuesday, November 11, 2014

इबोला भाइरस

...................
- इबोला भाइरस सर्वप्रथम सन् १९७६ मा कंगो र सुडानको दुर्गम क्षेत्रमा देखिएको हो |
- यो भाइरस फैलिएको कंगोको दुर्गम क्षेत्रको इबोला नदीबाट यसोक नाम राखिएको हो ।
- सुरूवातमा यो चिम्पांजी तथा चमेरोमा देखा परेको थियो |
- इबोला एक किसिमको हेमोरेजिक फिबर हो | यो सरुवा रोग हो | यो पानी, हावा, रोग लागेको ब्यक्तिको शरीर बाट निस्कने बस्तुहरु जस्तै रगत, दिशा, पिसव, पसिना, र्याल, यौनिरस आदि माध्यमद्वारा सर्दछ । यौन सम्पर्क एवं संक्रमित लासबाट पनि यो रोग सर्दछ ।
लक्षणहरु
- संक्रमणमा आएको दुई देखि तीन हप्ता पछि लक्षणहरू देखापर्दछ । सुरूवातमा ज्वारो आउने, घाँटी, मांशपेशी एवं टाउको दुख्ने हुन्छ । यसपछी अरूची, वाकवाकी हुने, पखला लाग्ने, साथै लिभर र किड्नीको कार्यक्षमता ह्रास आउदै जान्छ । यो समयमा संक्रमित व्यक्तिमा आन्तरिक एवं वाह्य रक्तश्राव हुन पनि सक्दछ ।
कसरी जोगिने ?
- यो रोगको हालसम्म खोप बनेको छैन । यसको मृत्युदर ५० देखि ९० प्रतशत छ । सरूवा रोग भएकाले व्यक्तिगत सावधानी अपनाउनु नै रोगबाट बँच्ने मुख्य काइदा हो