१२ भदौ, काठमाडौँ – आज नेपालभरका हिन्दू धर्मावलम्बीहरु जनैपूर्णिमा (रक्षा बन्धन) पर्व
मनाउदै छन् । यस पर्वमा उनीहरु ब्राम्हण
पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धन नामक
धागो (तावा) बाँध्ने गरिन्छ । तागाधारीहरु
आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने
गरिन्छ । पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षाबन्धन
धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र
सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने
गरिन्छ। रक्षाबन्धन धागो पुरुषहरुको दायाँ र
महिलाहरुको बायाँ नाडीमा बाध्ने गरिन्छ । यस
दिन विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम,
भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र
अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । तराई भेगमा यस दिन
दिदी बहिनीले आफ्नी दाजुभाइहरुका नाडिमा दीर्घायु
तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक
‘राखी’ बांधीदिन्छन । नेवार समुदायमा भने यस
पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुन्गु,
ठूलो केराउ, सानो केराउ, चना, सीमी, र
बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई
पकाएको क्वाटी खाएर खाने गर्दछन् ।
यसै दिन उपत्यकाका किसानहरुले भने आ-
आफ्ना खेतमा गएर भ्यागुताहरुलाई पूजा गरेर भात
खुवाउने गर्दछन् । यसैले यस पर्वलाई
नेपालभाषामा ‘ब्याजाः नकेगु – भ्यागुतालाई भात
खुवाउने) पर्व भन्ने पनि गर्दछन् ।
वर्षायाममा कृषिउत्पादनको लागि अत्यावश्यक
यी प्राणीको आगमनसंगै वर्षा हुने र खेतमा लाग्ने
विभिन्न प्रकारका कीराहरु खाई यिनले
कृषि उत्पादनमा टेवा पुर्याशउने
हुंदा यीनको पूजा गरी भात खुवाउने गरेका हुनभन्ने
जनविश्वास रहेको छ । तर ‘रुद्रायामलतन्त्रे
महादेववचन’ कथाअनुसार प्राचीनकालमा साउन कृष्ण चतुर्दशी -गथामुगः)का दिन घण्टासुर अर्थात
घण्टाकर्ण नामक राक्षस नेपालमा प्रवेश
गरी मानिसहरुको सम्हार गर्न
खोज्दा एउटा भ्यागुताले
त्यस राक्षसलाई मार्ने उपाए बताएकाले त्यस
राक्षसले केही बिगार्न सकेन र त्यसै कारणले
जनैपुर्णिमाका दिन त्यसरी भात खुवाउने
गरेका हुन् ।
यस दिन रसुवा जिल्लामा पर्ने लामटाङ्ग
हिमालयको काखमा रहेको गोसाइूकुण्ड -शिवलुती)
मा ठूलो मेला लाग्दछ । साथै, गोसाइू कुण्डबाटै
पानी आइराखेको जनविश्वासरहेको पाटनको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ।
यस पर्व बौद्ध धर्मालम्वीहरुका लागि पनि त्यति कै महत्वपूर्ण रहेको छ । उनीहरु यस दिनलाई गौतम बुद्धले मार -काम)लाई पराजय गरी सम्यक सम्बुद्ध भएको दिनको रुपमा लिने गर्दछन् । त्यसैले यस दिनदेखि नौ दिनसम्म उपत्यकाका बौद्ध बहाः र बहीमा बिभिन्न देवीदेताका मूर्ति, पौःभा र धार्मीक ग्रन्थहरु प्रदर्शनमा राख्ने गर्दछन् । यस दिनदेखि नेवारसमुदायमा करुण रसले भरिएको ‘सिलुतीर्थ म्ये’ नेपाभाषामा गीत गाउने चलन छ ।